Sajhamanch Archive

श्रीमानको मृत्यु भएको १० घण्टामै श्रीमतीको मृत्यु

Published: in मिडियाबाट साभार by .

काठमाडौं, २७ पुस । कालगतिले श्रीमान–श्रीमतीको एकै दिन मृत्यु भयो भने, के भन्नु हुन्छ ? यो कुरा सायदै कसैले पत्याउनु हुन्न ।

तर काठमाडौंको नयाँ बानेश्वर निवासी शर्मा परिवारमा पुस २४ गते मंगलबार १० घण्टाको फरकमा दुःखद घटना भएको छ । यस परिवारमा छोराहरुले बुबाको दाहसंस्कार नसक्दै आमाको बियोग भोग्नु परेको छ ।

सोमबार बेलुका खाना खाएर सुतेका परिवारमा राति एक्कासी बुबा रामगोविन्दलाई छातीमा असह्य पीडा भएपछि अस्पताल लगिएको थियो । अस्पतालमा पु¥याएर जाँच गर्दै डाक्टरले उनलाई मृत घोषण गरेका थिए । अस्पतालमा लैजादै गर्दा बाटोमा नै उनको मृत्यु भएको चिकित्सकले बताएका थिए ।

श्रीमानको मृत्यु भएपछि शोकमा डुबेकी रामगोविन्दकी ७१ वर्षीय श्रीमती सबै प्रकृया पूरा गरेर कोरामा बस्न लागेकी थिइन् । सोही अवस्थामा उनलाई सास फेर्न गाह्रो भयो । सबै परिवार एकै ठाउँमा भए पनि उनको हेरचाह गर्दै गर्दा उनको पनि मृत्यु भयो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *