Sajhamanch Archive

नेपाली नायक आकाश एसियाकै हेण्डसम लिस्टमा

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by .

२७ पुस एसियान लेभलका हेण्डसम प्रतियोगीतामा नेपाली नायक आकाश श्रेष्ठ भोटिङको शीर्ष स्थानमा रहेको छ ।

एक सय सेक्सियस म्यान द वल्ड २०१८’मा एक सय हेण्डसम पुरुष भित्र परेपछि पहिलो नम्बरको लागि भोटिङ प्रतियोगिता सुरु भएको थियो । सो भोटिङमा श्रेष्ठ पहिलो नम्बरमा रहेको छ । पिनो पावर अनलाइनले एक सय जना हेण्डसम पुरुषको लिस्ट राखेर भोटिङ गरिरहेको छ ।

भोटिङ नतिजा अनुसार आकाश श्रेष्ठले ३५.९९ प्रतिशत भोट प्राप्त गरेर शीर्ष स्थानमा रहेका छन् । उनलाई थाइल्याण्डका इथिप थानितले पछ्याइ रहेका छन् ।

उनले ३०।४७ प्रतिशत भोट प्राप्त गरेर दोस्रा स्थानमा रहँदै श्रेष्ठलाई पछ्याई रहेका छन् । त्यस्तै तेस्रो र चौथो स्थानमा कोरियाका रहेका छन् । पाँचौँ स्थानमा जापान रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *