Sajhamanch Archive

युनिटी फरेन इन्भेस्टमेन्टमा नरेश लामिछानेको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन

Published: in राष्ट्रिय समाचार by .

युएई । युनिटी फरेन इन्भेस्टमेन्ट प्रा.लि.को प्रथम साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा नरेश लामिछाने चयन भएका छन् । जसको उपाध्यक्ष होमनाथ अधिकारी, सचिव तेजमणी सुवेदी, सह सचिव सुर्य बहादुर खवास, कोषाध्यक्ष शेषराज न्यौपाने, सह कोषाध्यक्ष काशिनाथ ढकाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः पुजा भट्टराई ,नारायण भट्टराई तथा लोकनाथ कोइराला रहेका छन् ।

झापाली समाज युएईका केन्द्रिय कोषाध्यक्ष भरत बुढाथोकीले दिप प्रज्जवल्न गरि शुरुवात गरिएको उक्त कार्यक्रममा युएफआइका अध्यक्ष नरेश लामिछानेले वार्षिक प्रतिवेदन पेस गरेका थिए । त्यसैगरी युएफआइका कोषाध्यक्ष शेषराज न्यौपानेले सैतिस लाख सैतिस हजार रुपैयाँ बराबरको आय व्यय सहितको आर्थिक प्रतिवेदन गरेका थिए । सभामा प्रस्तुत दुबै प्रतिवेदनलाई सर्वसम्मतले पास गरेको थियो । कम्पनिको आठ महिनाको कारोवारमा एक लस्ख एकहतर हजार मुनाफा गरेको प्रतिवेदनमा उल्लेख छ ।

युएईलाई कार्यक्षेत्र बनाई श्रमशिल झापालिहरुको ३१ जनाको समुहले बचत गर्ने बानी बसाल्न तथा सामुहिक रुपमा केही गर्ने उद्देश्यले आफ्नो आर्जनको सानो हिस्सा प्रवासी नेपाली बचत, ऋण तथा लगानी कोषूको नामबाट मासिक एक सय दिराम बचत बाट शुरु गरेका थिए । उक्त समुहले नेपाल सरकारको कम्पनी ऐन अनुसार गत जेष्ट २३ गते विधिवत रुपमा ूयुनिटी फरेन इन्भेस्टमेन्ट प्रा.लि.को नाममा कम्पनी दर्ता गरि आफ्नो कारोवारलाई अघि बढाएको छ । उक्त कम्पनीले आगामी २ महिना भित्रमा झापाको विर्तामोडमा सुविधा सम्पन्न रेष्टुरेण्ट संचालनमा ल्याउन लागेको र उक्त रेष्टुरेण्टको निर्माण कार्य तिब्र रुपमा भैरहेको कम्पनिका अध्यक्ष नरेश लामिछानेले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *