Sajhamanch Archive

फिदिममा जारी फाल्गुनन्द फुटबल प्रतियोगिताः झापा ११ फाइनलमा प्रवेस

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by .

पाँचथर । पाँचथरको फिदिममा जारी १० औं फाल्गुनन्द फुटबल प्रतियोगितामा झापा ११ फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको सेमिफलाइनल खेलमा सरस्वती युथ क्लवलाई १–० गोल अन्तरले पाखा लगाउँदै झापा ११ फाइनलमा प्रवेस गरेको हो ।

खेलको ५३ औं मिनेटमा झापाका तर्फबाट खेलाडी कर्ण लिम्बुले गरेको गोलले नै झापालाई फाइनलमा प्रवेश गरायो । विदशी खेलाडीका साथ निकै आक्रमक देखिएको सरस्वती युथ क्लबले पटक पटक फ्री किकको अवसर पाए पनि अवसरको सदुपयोग गर्ने सकेन ।

यस वर्षको खेल विजेता ४ लाख र उपविजेताले २ लाख नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक फिदिम स्पोटिङ क्लवले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *