Sajhamanch Archive

प्रदेश नं. १ को गौरब आदिवासी संग्रालय निर्माण विषयको अनावश्यक टिकाटिप्पणी नगर्न मन्त्री ढकालको आग्रह

Published: in राजनीति by .

पथरी । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले प्रदेश नम्वर १ को गौरवको रुपमा पथरीशनिश्चरेमा निर्माण गर्न लागिएको आदिवासी जनजातिको भावना समेट्ने संग्रहालय निर्माणको विषयमा अनावश्यक टिका टिप्पणी भएको बताएका छन् ।

मोरङ निर्वाचन क्षेत्र नम्वर ३ का संघीय सांसद समेत रहनु भएका मन्त्री ढकालले आज आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको पथरीशनिश्चरेमा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति संग्रहालय निर्माण गर्ने बताएको र हाल त्यही खाले संग्रहालय वन्ने कुरामा ढुक्क हुन सवैलाई आग्रह गरे । उनले पाथीभरा, वराहक्षेत्र र हँलेसी धाम समेत बनाउने कुराप्रति नतर्सिन अनुरोध समेत गरेका छन् । वेथितीको अवस्थाको मुलुक नयाँ हिसावले निर्माण गर्न केही समय लागेको उल्लेख गर्दै उनले हालसम्म १ सय ५६ वटा कानून वनाएर थिती वसाल्दै काम भईरहेको जानकारी दिए ।

आफुले आफ्नो निर्वाचन क्षेत्रको समस्याको रुपमा रहेको वसोवासको समस्यालाई कानून वनाएर समाधान गर्ने समेत दोहोर्याउँदै आफुहरुले वचन दिएका काम गरेरै छोड्ने प्रतिवद्धता व्यक्त गरे । वैशाखसम्ममा भूमि सम्वन्धि कानून वनाइसक्ने उनको भनाई थियो ।

भेटघाट कार्यक्रमपछि डाँसमोरङ्गी सामुदायिक वन समूहले आफ्नो १७ औं साधारणसभाका अवसरमा मन्त्री ढकाललाई सम्मानपत्रले सम्मानित गरेको छ । नेकपाको भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका २ नम्वर वडा सदस्यका उम्मेदवार खडानन्द न्यौपाने सहित सोही पार्टीका गंगाप्रसाद घिमिरे, खड्गप्रसाद भारती, लालबहादुर सोडारी, सुरेन मैनाली सहित ७ जना नेकपामा प्रवेश गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *