१० लाख ऋण लिन विदेशबाट फर्केका युवाको भीड, पाइन्छ त ऋण?
Published: (Updated: )
by .
काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुले सरकारले दिने भनेको सहुलियत दरको ऋणमा तीब्र इच्छा व्यक्त गरेका छन्।
सरकारले सहुलियत दरमा ऋण लिने युवाहरुका लागि पुस मसान्तसम्मको म्याद दिएर निवेदन आह्वान गरेको थियो। वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड मार्फत सरकारले निवेदन आह्वान गरेको थियो। बैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा आवेदन दिने युवाहरुको लाइन छ। सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई सरकारले वाणिज्य बैंक मार्फत १० लाख ऋण दिने बताएको थियो।
अहिले बोर्डले आवेदन लिइरहेको छ। सरकारले ऋण दिने भनेपछि आफू आवेदन लिएर आएको १० वर्ष साउदी बसेर आएका रामशरण न्यौपानेले बताए। उनले ऋण पाएमा आफू स्वदेशमै स्वरोजगार बन्ने बताए। अहिलेसम्म ऋण दिने वा नदिने भन्ने विषयमा टुंगो लागेको छैन। प्रवद्र्धन बोर्डले आवेदन मात्रै मागेको हो। बोर्डले यो ऋण दिने पनि होइन। बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले ऋण आफूहरुले दिने नभएर सरकारले वाणिज्य बैंकबाट ऋण उपलब्ध गराउने गरी कार्यक्रम ल्याएको बताए।
Comments