Sajhamanch Archive

जिविकोपार्जनमा सघाउ पुग्ने योजना अघि बढाउन नगरपालिकासँग माग

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

मोरङ । मोरङको पथरीशनिश्चरे नगरभित्रका द्वन्द पीडितहरुले आफुहरुको जिविकोपार्जनमा सघाउ पुग्ने योजना अघि वढाउन नगरपालिका कार्यालयसँग माग गरेका छन् ।

द्वन्द पीडित परिवार साझा चौतारी नामक गैर सरकारी संस्थाको नामबाट अध्यक्ष रीता गिरीको अगुवाईमा द्वन्द पिडीतहरुले नगरपालिका प्रमुख दिलिपकुमार राईलाईले जिवीको पार्जनमा सहयोग पुग्ने कार्ययोजना अघि बढाउन मागपत्र पेश गरेका छन् ।

चौतारीले तात्कालिन माओवादी र सरकार पक्षको द्वन्दमा पिडीत बनेकाहरुको यकिन तथ्याङक संकलन गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी सहित जिविकोपार्जनका लागि सघाउने कार्यक्रम बनाउनु पर्ने कुरामा जोड दिएको उल्लेख छ ।

मागपत्र बुझिसकेपछि नगर प्रमुख राईले नगरपालिकाले वडा वडामार्फत द्वन्द पीडितको तथ्याङक संकलन कार्य अघि बढाएर कार्यक्रम तय गरिने जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *