Sajhamanch Archive

विदेशमा लुकाइएको शंकास्पद धनको खुलासा हुँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

नेपालबाट शंकास्पद अकुत सम्पत्ति विदेशी बैंकमा लगेर राखेको खुलासा एक अन्तर्राष्ट्रिय खोज पत्रकारिताले गर्ने भएको छ ।

नेपालिक्स नाम दिइएको उक्त खुलासामा ५४ अर्ब रुपैयाँभन्दा बढि रकम विदेशी बैंकमा रहेको र त्यसमा संलग्नहरुको नाम खुलासा हुने खोज पत्रकारिता केन्द्र नेपालले ट्विटमार्फत जानकारी दिएको छ ।

पनामा पेपर्स, स्विस लिक्स र अन्तर्रा्ष्ट्रिय खोजपत्रकारिता समूह आईसीआईजे मार्फत यसको खोजी गरिएको हो । नेपालबाट अकुत सम्पत्ति विदेशी बैंकमा लगेर राखेकाहरुको नामसहित सबै विवरण बाहिर ल्याउने तयारी यसले जनाएको छ ।

पचास भन्दा बढी नेपाली ९व्यापारी र राजनीतिज्ञ लगायतको नाम रहेको आशंका व्यक्त गरिएको छ । नेपाल ट्याक्स हेभन लिङ्स भनिएको यसको खुलासामा भने ‘नेपालिक्स’ नामाकरण गरिएको छ ।

पनामा पेपर्स, स्विस लिक्स र अन्तराष्ट्रिय खोजपत्रकारिता समूह ,आईसीआईजेको अनुसन्धानमा खोजपत्रकारिता केन्द्र नेपालको पनि सहकार्य रहेको छ । अवैध धनको ओसार पसार र त्यसले हाम्रो वित्तिय प्रणालीमा असर पार्ने विषय यसमा उजागर गरिएको जनाइएको छ ।

यो वित्तिय अपराधको सबैभन्दा ठूलो खुलासा हुने खोपकेको दाबी छ । यसअघि पनि पानामा पेपर्सले केही नेपालीहरुको अकुत सम्पत्ति स्विस बैंकमा रहेको खुलासा गरेको थियो । अन्नपूर्ण पोष्टबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *