Sajhamanch Archive

युरोपेली संघबाट अलग हुने बेलायती प्रधानमन्त्री थेरेसा मेको योजना संसदमा खारेज, इतिहासकै ठूलो हार

Published: in राष्ट्रिय समाचार by .

ब्रेक्सिट डिल अर्थात् युरोपेली संघबाट ब्रिटेन अलग हुने बेलायती प्रधानमन्त्री टेरिजा मेको योजनालाई संसदले भारी बहुमतका साथ खारेज गरेको छ ।

टेरिजा मेको योजनालाई ४३२ सांसदले खारेज गरेका छन् । उनले २०२ सांसदको मात्रै समर्थन पाएकी छिन् ।

यहाँसम्म कि टेरिजा मेको कन्जर्भेटिभ पार्टीका ११८ सांसदले विपक्षी पार्टीसँग मिलेर यो डिलविरुद्ध भोट गरे ।

कुनै बिल वा मस्यौदामा यो कुनै पनि सरकारका लागि सबैभन्दा ठूलो हार हो । तर यो पनि साँचो हो कि विपक्षी लेबर पार्टीका तीन सांसदले डीलको समर्थन गरे ।

प्रधानमन्त्री टेरिजा मे को योजनाले पाएको ऐतिहासिक हारपछि विपक्षी लेबर पार्टीले सरकारविरुद्ध अविश्वास मतको प्रस्ताव गरेको छ ।

लेबर पार्टीका नेता जेरेमी कोर्बिनका अनुसार संसदले जुन प्रकारकोल प्रधानमन्त्रीको ब्रेक्सिट डील खारेज गरेको छ, त्यसले स्पष्ट बताउँछ कि सररकाले सदनको विश्वास गुमाएको छ ।

उनीहरुले सरकारविरुद्ध अविश्वासको प्रस्ताव राखे जसमा बुधबार बहस हुनेछ ।

ब्रेक्सिट डीलमा यति ठूलो हार व्यवहोरेपछि टेरिजाको राजनीतिक भविष्यमा प्रश्न उठ्न थालेको छ ।

तर थुप्रै सांसद एवं टेरिजा मेको सरकारको समर्थन दिने दलले आफूहरुले प्रधानमन्त्रीको नभई उक्त डिलको विरोध गरेको स्पष्ट पारेका छन् ।

मतदानपछि टेरिजाले भनेकी थिइन्, ‘यदि मैले विश्वास मत हाँसिल गरेँ भने सोमबार अर्को मस्यौदा संसदमा पेश गर्नेछु ।’

यदि बुधबार टेरिजा मे सदनको विश्वास हाँसिल गर्न असफल रहिन् भने उनले वा अन्य कोहीले १४ दिनभित्र सदनको विश्वास जित्ने मौका पाउनेछ । तर यदि कुनै सरकार बन्न सकेन भने ब्रिटेनमा आम चुनावको घोषणा हुनेछ ।

मतदान अघि टेरिजा मेले आफ्नो योजना बचाउन हरसम्भव प्रयास गरिन् ।

उनले संसदमा निकै भावुक र आवेगपूर्ण भाषणमा यो योजनामा मतदान उनको राजनीतिक करियरको सबैभन्दा महत्वपूर्ण भएको बताएकी थिइन् ।

उनले सांसदलाई आफ्नो योजनालाई समर्थन गर्न अपिल गरिन् ।

यो मतदान पछि के होला ?

टेरिजा मे संसादमा पुनः यो याजना पेश गर्न सक्छिन् र संसदको सहमती हाँसिल गर्न सक्छिन् ।

उनी युरोपेली संघसँग पुनः कुराकानी गर्न सक्छिन् र एक नयाँ सम्झौतासहित संसदमा आउन सक्छिन् ।

ब्रेक्सिटका लागि जनतासँग पुनः जनमत संग्रहका लागि पनि जान सक्छिन् ।

तर यदि यी कुनै पनि कुरा भएनन् भने २९ मार्च, २०१९ मा ब्रिटेन बिना कुनै सम्झौता युरोपेली संघबाट बाहिरिनेछ ।

बीबीसी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *