Sajhamanch Archive

नेविसंघ कार्यसमितिको थपिएको कार्यकाल पनि आज सकिँदै

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघको वर्तमान कार्यसमितिको थपिएको कार्यकाल पनि आज सकिँदै छ । नैनसिंह महर नेतृत्वको कार्यसमितिले आफ्नो कार्यभित्र अधिवेशन नगराई समयावधी गुजारेको हो । कार्यसमितिको पदावधी गत भदौ २ गते नै सकिएपनि विधानमा भएको व्यवस्था अनुसार तीन महिना थप भएको थियो ।

थपिएको समयावधीमा पनि अधिवेशन हुन नसकेपछि माउ पार्टी कांग्रेसले गत मंसिरमा विधान संसोधन गरेर तीन महिनाको समयावधीलाई ५ महिनाको बनाएको थियो । कार्यकाल सकिएको ५ महिना सकिँदा पनि नेतृत्वले अधिवेशन गराउन नसकेको भन्दै असन्तुष्ट पक्षले पार्टी नेतृत्वलाई दबाब स्वरुप राजीनामा बुझाई सकेका छन् ।

आगामी फागुनमा त्रिविका आंगिक तथा सम्वन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुने भएकाले आगामी बैशाखमा अधिवेशन गराउन नेतृत्वको ध्यानाकर्षण गराएको नेविसंघका अध्यक्ष महरले जानकारी दिनुभयो ।

नेतृत्व तहमा पनि सोही अनुसारको तयारी रहेको उहाँको भनाई छ । नेविसंघको इतिहासमा विश्वप्रकाश शर्माको कार्यकाल बाहेक कसैले पनि आफ्नो कार्यकाल भित्र अधिवेशन गराएका छैनन् । पार्टी सभापति शेरबहादुर देउवाले नेविसंघको नेतृत्व ८ वर्ष गर्नुभएको थियो । पार्टी भित्रको गुट उपगुटको प्रभाव नेविसंघमा पनि परेको हो । असन्तुष्ट पक्षले कार्यसमिति भंग गरी तदर्थ समिति बनाएर १२ औँ अधिवेशन गर्नुपर्ने माग गर्दै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *