Sajhamanch Archive

चन्द्रमामा सम्भव होला खेती ! चीनले उमार्‍यो कपास

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

बेइजिङ । चीनले चन्द्रमामा कपास उमारेको छ । चीनको रोबोटिक अन्तरिक्ष यान ‘चाँग इ–४’ले चन्द्रमामा लिएर गएको कपासको बीउ टुसाएको चिनियाँ अन्तरिक्ष प्रशासनले जनाएको हो ।

चन्द्रमाको सतहमा कुनै पनि जैविक पदार्थ उम्रिएको यो पहिलो घटना हो । अन्तरिक्ष यात्रीहरुले अन्तरिक्ष यात्राका क्रममा आफ्नालागि खानेकुरा उमारेर प्रयोग गर्न सक्छन् भन्नेतर्फ यो सफलतालाई कोसेढुंगा मानिएको छ ।

चन्द्रमामा अवतरण गरेको चिनियाँ अन्तरिक्ष यानले कपास, आलुको बीउसहितको माटो, एक प्रकारको झिँगाको अण्डालगायतका वस्तु लगेको थियो । कृत्रिम जैविकमण्डल सिर्जना हुने विशेष भाँडोमा रोपिएका बीउमध्ये कपासको बीउ उम्रिएको चिनियाँ अधिकारीको भनाइ छ । उक्त भाँडोमा सुक्ष्म जीवाणुलाई हुर्कन पुग्ने हावा, पानी र पोषण तत्व रहेको बताइएको छ ।

यो अभियानले सफलता हात पारेमा चन्द्रमामा मानिसका लागि आवश्यक खाद्यान्न उत्पादन गरेर खानाका लागि बारम्बार पृथ्वीमा फर्कनुपर्ने अवस्था अन्त्य हुने वैज्ञानिकहरु बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *