Sajhamanch Archive

डोलेको घर निर्माणमा युवा संघ विर्तामाडको सहयोग

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

विर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ९ स्थित डोले घर निर्माणका लागि युवासंघ नेपाल बिर्तामोड नगरकमिटीले आर्थिक सहयोग गरेको छ।

निर्माणाधीन स्थानमा पुगेर कमिटीले नगद दस हजार एक सय रुपैया नगद सहयोग गरेको नगर इन्चार्ज केशव भण्डारीले बताए।हस्तान्तरण कार्यक्रममा नगर अध्यक्ष पारस संग्रौलाले स्थानीय युवाहरुको सक्रियता लाई सहयोग गर्न तयार रहेको जानकारी दिए।

आवास निर्माण समितिका संयोजक प्रकाश बुढाथोकी ,सचिब प्रदिप संग्रौला लगाएत लाई सामुहिक रुपमा सहयोग हस्तान्तरण गरेको हो।गत पुस २५ गते सिलन्यास गरिएको आवास निर्माणमा बिर्तामोड नगरपालिका ,संघ सस्था र विभिन्न ब्यक्तिहरुले सहयोग गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *