Sajhamanch Archive

सुशासनविना समृद्धि सम्भव छैन : दाहाल

Published: in राजनीति, राष्ट्रिय समाचार by .

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहालले सुशासनविना समृद्धि सम्भव नभएको बताएका छन् ।

पूर्वी मकवानपुरको वागमती गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा अध्यक्ष दाहालले गणतन्त्रले मात्र समृद्धि नआउने भन्दै त्यसका लागि तीब्र विकास र सुशासन आवश्यक रहेको औंल्याए ।

मुलुकमा बलियो सरकार रहेकाले शिक्षा, स्वास्थ्य तथा रोजगारीको क्षेत्रमा काम गर्ने प्रशस्त अवसर सिर्जना भएको उनको भनाइ थियो ।

अध्यक्ष दाहालले सिंहदरबारको अधिकार तीन तहको सरकारले गाउँ–गाउँमा पु¥याएको भन्दै राजनीतिक संक्रमणकाल समाप्त भएको जिकिर गरे । संविधानले प्रत्याभूत गरेका मौलिक अधिकारको ग्यारेन्टीका लागि सरकारले काम गरिहेको भन्दै उनले अब कुनै पनि नेपाली नागरिक भूमिहीन भएर बस्नु नपर्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *