मालीमा बन्दूकधारीहरूले गरे २० जनाको हत्या
Published: (Updated: )
by .
काठमाडौं । अफ्रिकी मुलुक मालीमा नाइजरसँगको सीमानजिक मेनाका क्षेत्रमा बन्दूकधारीहरूले दुईवटा गाउँमा आक्रमण गरेर कम्तीमा २० जनाको हत्या गरेका छन् । तौरेग समूहका एक प्रवक्ताले यसको जानकारी दिएका छन् ।
अजावद आत्मरक्षा समूहका मोहम्मद अग अलबाचरले बुधवार बताएअनुसार, बन्दूकधारीहरूले मेनाकाभन्दा ४० किलोमिटर पर दुई गाउँमा मंगलवार आक्रमण गरे ।
आक्रमणकारीहरूले वृद्धवृद्धासहित २० सर्वसाधारण र केही सुरक्षाकर्मीको हत्या गरे । आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन तर यसमा जिहादी समूहको हात रहेको देखिन्छ ।
Comments