Sajhamanch Archive

के गर्दैछ नेकपा कार्यदल ? कहाँ पुग्यो कार्यदलको काम ?

Published: in राजनीति by .

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बाँकी एकतासम्बन्धि काम सम्पन्न गर्न निर्माण गरेको उच्चस्तरिय कार्यदलको काम कारवाही भुमितगत जस्तै छ ।

स्थायी समितिबाट निर्माण भएको ९ सदस्यि कार्यदललाई गत पुष १६ गते अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १० दिनको समयसिमा तोकी एकता सम्बन्धि ठोस प्रस्ताव र कार्ययोजना ल्याउन निर्देशन दिएका थिए ।
एकता सम्बन्धि कार्यदलको पछिल्लो हप्ता बैठक समेत बस्न सकेको थिएन । नेकपामा पुर्व ममाओवादी र पूर्व एमालेबिचको समस्या भन्दा पनि ओली समुह र नेपाल समुहबिचको मतभेदका कारण एकताका अधिकांश कामहरु रोकिएका छन् । एकतामा आफु पक्षधरहरुलाई उचित व्यवस्थापन र जिम्मेवारी नदिएको भन्दै माधव नेपाल समुह असन्तुष्ट छ । प्रदेश समितिको निर्माणमा असन्तुलन भएको र जिल्ला नेतृत्वको छनौट गर्दा मापदण्ड बनाई सोही आधारमा गर्नुपर्ने नेपाल समुहको माग छ ।

रदेश समितिमा नमिलेको कुरा मिलाउनका लागी नेकपाको विधानअनुसार कुल संख्याको १० प्रतिशत प्रदेश सदस्य थपेर मिलाउने पक्षमा रहेको नेपाल समुहको धारणामा पार्टी अध्यक्ष ओली असहमत छन् । स्रोतका अनुसार नेपाल समुहको उक्त मागप्रति नरम रहेका अर्का अध्यक्ष प्रचण्ड र पूर्व माओवादी नेताहरु ओलीको अडानले अन्यौलमा परेका छन् । ओलीले ‘प्रदेश समिति नचलाउनु’ भनि आदेश दिएको कार्यदलका एक सदस्यले बताए । उनका अनुसार प्रदेश तथा जिल्लाहरुमा नमिलेका कुराहरु मिलाउन नसके नेपाल समुह सहमतिमा आउने सम्भावना छैन ।

एकता कार्यदलमा नेकपाका सचिवालय सदस्यहरु राम बहादुर थापा ‘बादल’, महासचिव बिष्णु पौडेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, योगेश भट्टराई, बेदुराम भुषाल, शंकर पोखरेल, लेखराज भट्ट र रघुविर महासेठ रहेका छन् ।

९ सदस्यीय कार्यदलका लागी पोलिटब्युरो गठन, केन्द्रिय सदस्यहरुको कार्यविभाजन, जिल्ला नेतृत्वको जिम्मेवारी बाँडफाँड, जनवर्गिय संगठनहरुको एकिकरणका लागी विधि र समान नीति एंव मापदण्ड तयार गर्ने जिम्मेवारी पाएको छ ।

१० दिन समयसिमा पाएको कार्यदलले आधा महिनाभन्दा बढी समय गुजारीसक्दा समेत ठोस प्स्ताव तयार गर्न सकिरहेको छैन । कार्यदलका उक सदस्यका अनुसार ठोस छलफल कुनैपनि विषयमा भएको छैन । उनी भन्छन्– ‘विषय र विमति धेरै छन्, ठोस विषयमा छलफल हुन सकेको छैन । सबै विषयमा भएको छ, प्रस्तावै तयार भने एउटै विषयमा पनि भएको छैन ।’

खबरडबलीबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *