Sajhamanch Archive

भद्रपुर टी ट्वान्टी क्रिकेटको फाइनलमा वडा नम्बर ६ र ५ भिड्ने

Published: in खेलकुद by .

भद्रपुर । भद्रपुरमा जारी प्रथम वडास्तरीय टी ट्वान्टी नकआउट क्रिकेट प्रतियोगितामा सोमबार हुने फाइनल खेलमा आयोजक वडा नम्बर ६ र ५ भिड्ने पक्का भएको छ ।

भद्रपुर माविको मैदानमा आयोजित आज भएको अन्तिम सेमीफाइनल खेलमा उपाधि दावेदार मानिएका वडा नम्बर ८ लाई ५ विकेटले पराजित गर्दै वडा नम्बर ५ फाइलनमा प्रवेश गरेको हो । यस अघि फाइनलमा वडा नम्बर ६ प्रवेश गरेको थियो ।

टस जितेर पहिला ब्याटिङ्ग रोजेका वडा नम्बर ८ ले निर्धारित २० ओभरको खेलमा १८ ओभर ३ बल खेल्दै १०६ रनमा अलआउट भए । वडा ५ का बलरसँगै उत्कृष्ट फिल्डिङका अगाडि वडा नम्बर ८ व्याटस्मेन मैदानमा धेरैबेर टिक्न नसक्दा कम रनमै टिम सिमित भए । टिमका लागि प्रवेश कामतीले ६ चौका र एक छक्का प्रहार गर्दै २६ बलमा ३९ रन बनाए । त्यस्तै दीपेश कामतीले एक चौका र दुई छक्का प्रहार गर्दै ७ बलमा १६, मौसिम अख्तरले एक चौका र एक छक्का प्रहार १२ रन र आशिष बरालले २९ बलमा १२ रन बनाए । बलरतर्फ दर्पण थापा र आयुस झाले ३÷३ विकेट लिए । थापाले ४ ओभरमा १३ रन खर्चिएका थिए, भने झाले ३ ओभर २ बलमा २७ रन खर्चिए । त्यस्तै नितिन राणाले ४ ओभरमा १३ रन खर्चिएर दुई विकेट लिएका थिए, भने गोपाल शर्माले ४ ओभरमा २१ रन खर्चिएर एक विकेट लिए ।

१०७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएका वडा नम्बर ५ ले १३ ओभर २ बलमा पाँच विकेट गुमाउँदै लक्ष्य भेट्टाए । टिमका लागि नितिन राणाले विस्फोटक पारी खेल्र्दै अर्धसतक बनाए । उनले दुई चौका र ६ छक्का प्रहार गर्दै ३६ बलमा नटआउट ५४ रन बनाए । त्यस्तै अजय राजपुतले एक चौका र दुई छक्का प्रहार गर्दै ८ बलमा २० रन र दर्पण थापाले दुई चौका प्रहार गर्दै १८ बलमा ११ रन बनाए । उता बलरतर्फ आशिष बरुवालले एक ओभरमा १३ रन खर्चिएर दुई विकेट लिए । त्यस्तै प्रवेश कामती, विक्की महत्तो र सिद्धार्थ राजवंशीले एक÷एक विकेट लिए ।

खेलको म्यान अफ द म्याच वडा नम्बर ५ का नितिन राणा घोषित भए । उनलाई नगद र ट्रफिसहित वडा नम्बर ५ का वडा अध्यक्ष बन्धु कार्कीले पुरस्कृत गरे । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको भद्रपुर नगरपालिका अन्तरगतको ६ नम्बर वडा कार्यालय र बलबस्टर्स क्लव भद्रपुरको संयुक्त आयोजनामा प्रतियोगिता भइरहेको छ । प्रतियोगितामा विजेता टिमलाई नगद ४० हजार र उपविजेता टिमलाई २० हजार नगदसहित शिल्ड तथा मेडल प्रदान गरिने जनाइएको छ । साथै सर्वोत्कृष्ट खेलाडीलाई नगद ३ हजारसहित कपसँगै उत्कृष्ट ब्याटस्म्यान, बलर, फिल्डर, विकेटकिपरलाई पनि पुरस्कृत गरिने बलबस्टर्सका अध्यक्ष जितेन्द्र शर्माले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *