नागरिक लगानी कोष कार्यालयमा आगलागी
Published:
by .काठमाडौं। सरकारी विदा परेको शनिबारकै दिन बानेश्वरस्थित नागरिक लगानी कोषको भवनमा आगलागी भएको छ ।
कोषको डि नम्बर ब्लकमा भएको आगलागी प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको हो ।
विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनि अनुसन्धान जारी रहेको बताइएको छ ।
Comments