Sajhamanch Archive

देश विकासका लागि कृषि र पर्यटनः मुख्यमन्त्री राई

Published: in राष्ट्रिय समाचार by .

कमल । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले देश विकासका लागि कृषि तथा पर्यटनको विकासमा उल्लेखिय काम गर्नु पर्ने बताएका छन् ।

उनले झापाको  दमक स्थित हिमशिखर मिडिया ग्रुपको ९ औं वार्षिक उत्सव तथा नव निर्मित भवनको उद्घाटनका क्रममा देश समृद्ध बनाउन सञ्चार क्षेत्रको पनि महत्वपूर्ण साथ चाहिने धारणा राखेका हुन्।

प्रदेश १ मा प्रशस्त मात्रामा उर्वर जमिन र जनशक्तिसमेत रहेकाले कृषिको आधुनिकीकरण र व्यवसायीकरण सहज हुन सक्ने धारणा राखे। यसैगरी, प्रदेश १ मा सगरमाथादेखि नेपालकै होचो भूभाग कचनकवलसम्म रहेको, विभिन्न हिमश्रृङ्खला तथा धार्मिक एवं पर्यटकीय गन्तव्य रहेको भन्दै यिनैको प्रवद्र्धनबाट प्रदेश सवल र समृद्ध बन्ने उनले बताए।

छोटो समयमा दर्शकको मन जित्न सफल हिमशिखर मिडिया ग्रुपले मोफसलमा रहेर भरपर्दो, मर्यादित काम गर्नु सकोस भन्दै शुभकामना दिए । त्यसैगरी प्रदेश  १ का  प्रमुख प्रतिपक्षका सचेतक केदार कार्कीले देशमा लोकतन्त्र आउनमा मिडियाको ठुलो भुमिका रहेको बताउदै  सरकारका गलत कामलाई खरदारी गर्दैै जनताका कुरा सरकारसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने बताए ।

कार्यक्रमका प्रदेश सांसद झलकसिंह दर्लामी  मिडिया ग्रपका संचालक भोलेश्वर दुलाल लगायतले शुभकामना  दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *