Sajhamanch Archive

कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध

Published: in राजनीति by .

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ।

कांग्रेसले तनहुँमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र बाँकेमा रहेको पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापना गरिएका अस्पताल संघीय सरकार मातहत नराखेको भन्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको हो। सोमबार ११ बजे सुरु भएको बैठकमा कांग्रेसले माग गरे बमोजिम स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले दिएको जवाफ चित्त नबुझेपछि कांग्रेस सांसदहरू उभिएर बैठकको कारबाही अवरुद्ध गरेका हुन्।

कांग्रेस राष्ट्रियसभा दलका नेता सुरेन्द्र पाण्डेले सरकारको तर्फबाट चित्तबुझ्दो जवाफ नदिएकाले बैठक अवरुद्ध गरेको बताए। बैठक आधा घण्टाका लागि स्थगित भएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *