Sajhamanch Archive

राप्रपाको देशव्यापी घरदैलो कार्यक्रम सुरु

Published: in राष्ट्रिय समाचार by .

सुरुङ्गा । हिन्दु राष्ट्र पुनःस्थापनालाई मुल मुद्दा बनाउदै आएको राप्रपाले जनतालाई जागृत तुल्याउने उद्देश्यले आज वाट देशव्यापी घरदैलो कार्यक्रम शुरु गरेको छ ।

फागुन १५ देखि ३० सम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको कार्यक्रम तय गरेको राप्रपाले आज र भोली घर दैलो सहित कोण सभा आयोजना गरेको हो । जुन यात्रा ताप्लेजुङ देखि शुरु भई महाकालीको कञ्चनपुर हुँदै काठमाडौं पुग्नेछ ।  राप्रपाले माघ १३, १४ र १५ गते देशका सबै नगरपालिका र गाउँपालिकामा जनजागरण सभा गर्दैछ, राप्रपाले हिन्दु राष्ट्र पुनःस्थापना लगायतका मागहरू राखी फागुन ७ गतेदेखि नयाँ कार्यक्रम पनि सार्वजनिक गरिसकेको छ ।

उसले केन्द्रमा प्रधानमन्त्रीलाई र जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई फागुन मसान्तसम्मको अल्टिमेटम दिदै ज्ञापनपत्र समेत बुझाउने कार्यक्रम तय गरेको छ । यसैवीच राप्रपा झापाले पाँचवटै निर्वाचन क्षेत्रमा कोण सभा र घरदैलो कार्यक्रम सम्पन्न गरेको जिल्ला सचिव केशव ओझाले जानकारी दिए । क्षेत्र नं एकको काँकडभिट्टामा सम्पन्न घर दैलो तथा कोण सभामा प्रदेश सदस्य कल्याण खडरका, रमेश दाहाल, शुशील आचार्य लगायतको सहभागिता थियो । त्यस्तै क्षेत्र नम्वर २ को विर्ता वजारमा सम्पन्न कार्यक्रममा जिल्ला सह सचिव रन्जु प्याकुरेल, नगर अध्यक्ष शंकर रिजालले मन्तव्य राखेका थिए ।

यस्तै क्षेत्र नं. ३ को भद्रपुरमा प्रतिनिधी सभाका सांसद एवं पार्टाीका महामन्त्री राजेन्द्र लिङ्गदेनको सहभागिता रहेको थियो । र्यालीसहितको घरदैलो कार्यक्रममा सरिक हुदै उहाले हिन्दु राष्ट्र पुनःस्थापनाको लागि एक जुट हुन अपिल गरे। क्षेत्र नं. ४ को सुरुङ्गामा आयोजित कार्यक्रममा जिल्ला सचिव केशव ओझा,नारायण पोख्रेल, ज्योती उप्रेती लगायत सहधागी थिए ।

क्षेत्र नं. ५ को दमक र गौरादहमा अलग अलग कार्यक्रम सम्पन्न भएको छ , कार्यक्रमा केन्द्रिय सदस्य राजेश गिरी, जिल्ला अध्यक्ष अम्वर विष्ट, वसुदेव भट्टराई लगायतको सहभागीता रहेको थियो । कार्यक्रम अन्तर्गत भोली मंगलवार १५ वटै स्थानीय तहका सवै वडामा घरदैलो कार्यक्रम संचालन गरिने जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *