तान्जानियाको पानीजहाजमा आगलागी, कम्तिमा ११ जनाको मृत्यु
Published:
by .![](https://old.sajhamanch.com/wp-content/uploads/2019/01/cargo-ships-Bladge-Photo-REUTERS.jpg)
काठमाडौं । तान्जानीयाको पानी जहाजमा आगलागी हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । क्रिमिया नजिक ब्ल्याक सीमा मालबाहक पानीजहाजमा आगो लागेको हो ।
आगो लागेपछि जहाजमा सवार मानिसहरु समुद्रमा हाम फालेका थिए । रुसी उद्धारकर्ताहरुको टोलीले १४ जनालाई उद्धार गरिसकेका छन् । उद्धारको काम जारी छ । उद्धारकर्ताहरुको टोली आगो लागेको पानी जहाजसम्म पुग्ने कोशिसमा छन् ।
एक जहाजमा ग्यास ट्यांकर थियो । त्यसमा आगो लागेपछि विष्फोट भयो र अर्को पानी जहाजमा पनि आगो सल्कियो । एउटा जहाजबाट अर्को जहाजमा इन्धन खन्याइरहेको बेला आगो लागेको बीबीसीले लेखेको छ ।
त्यसपछि जहाजमा सवार व्यक्तिहरु हामफालेका थिए । उनीहरु अधिकांश डुबेका थिए । प्रत्यक्षदर्शीले उनीहरु पानीमा उत्रिन संघर्ष गरिरहेको देखेको बताएका छन् । एएफपी समाचार एजेन्सीका अनुसार दुई जना क्याप्टेनमध्ये एक जनाको अवस्था अज्ञात छ ।
जहाजमा क्रु मेम्बरसहित टर्की र भारतका १७ जना थिए । त्यसमध्ये केही कलाकार पनि थिए ।
Comments