Sajhamanch Archive

पाठशालाको स्तरोन्तनीकोलागि महापुराणको आयोजना

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

बुधबारे  । आनन्देश्वर शिव मन्दिर तथा गुरुकुल संस्कृत पाठशाला बुद्धशान्ति–१ होक्सेको ४८ औं वार्षिकोत्सवको अवसर पारेर विश्व शान्तिको कामनासहित सञ्चालनमा आइरहेको गुरुकुल पाठशालाको स्तरउन्नती, भवन निर्माण तथा मन्दिर घेराबारा गर्ने उद्देश्यले स्कन्द  महापुराण लगाइने भएको छ ।

यही माघ ११ गतेदेखि २१ गते सम्म पं. गणेशप्रसाद दाहालको प्रमुख व्यासत्व तथा पं. लक्ष्मीप्रसाद तिम्सिनाको उपव्यासत्वमा पुराण हुन लागेको प्रचारप्रसार संयोजक हेमन्त बरालले जनाएका छन् । मन्दिरका अध्यक्ष पहलमान बरालको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरी पुराणको तयारी सुरु गरिएको छ । समितिको आर्थिक संयोजकमा कृति थपलिया चयन भएका छन् ।

त्यस्तै विभिन्न उपसमितिका संयोजक पनि मंगलबारको भेलाले तय गरेको प्रचार संयोजक बरालले बताएका छन् । उनका अनुसार स्वागत तथा सत्कार संयोजकमा तारा अधिकारी, मण्डप व्यवस्थापन संयोजकमा  डिल्ली रिजाल, इन्धन व्यवस्थापन संयोजकमा ठाकुर प्रसाद खतिवडा, संचार संयोजकमा अनिल वाग्ले, स्टोर संयोजकमा बद्री प्रसाद काफ्ले, भक्तप्रसादी संयोजकमा हरिशरण कोइराला, सरसफाई संयोजकमा सूर्यकला थापा, स्वयम्सेवक संयोजकमा केशव खुलाल, उद्घोषण संयोजकमा पूर्ण सञ्जेल गुरु मण्डम व्यवस्थापनमा कमला ओझालाई चयन गरिएको छ ।

आनन्देश्वरमा १८ पुराण मध्ये १६ वटा पुराण सम्पन्न भै सकेको छ भने यो पुराण लाग्दा १७ वटा पुराण पूरा हुनेछ । गुरुकुलमा ४२ जना विद्यार्थी गुरुकुलीय शिक्षा लिइरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *