Sajhamanch Archive

भेनेजुयलामा सरकार विरोधी प्रदर्शन चर्कियो

Published: in राष्ट्रिय समाचार by .

अमेरिकारले भेनेजुयलामा सरकारविरुद्ध जारी प्रदर्शनका नेतृत्वकर्ता विपक्षी नेता खुआन गोइदोलाई अन्तरिम राष्ट्रपतिको रुपमा मान्यता दिएका छन् ।

राष्ट्रपति ट्रम्पले एक ट्वीट गर्दै मदुरोको नाजायज सरकारका कारण भेनेजुयलाका जनतालाई लामो समयदेखि समस्याको सामाना गर्नु परेकाले नेस्नल एसेम्बलीका अध्यक्षलाई अन्तरिम राष्ट्रपतिको रुपमा स्वीकार गर्छु भनेर उल्लेख गरेका छन् ।

नेस्नल एसेम्बलीका अध्यक्ष गोइदोले मौजुदा राष्ट्रपति निकोलस मादुरोविरुद्धको विरोध प्रदर्शनको नेतृत्व गरिरहेका छन् ।

भेनेजुयलामा हजारौं व्यक्ति विरोध प्रदर्शनमा उत्रिएका छन् । हिजो गोइदोले काराकासमा भएको प्रदर्शनमा आफैलाई कार्यकारी राष्ट्रपति घोषित गरेका थिए ।

यसै महिनाको सुरुमा मादुरोले राष्ट्रपतिको रुपमा आफ्नो दोस्रो कार्यकालका सपथ लिएका थिए । निर्वाचनका क्रममा उहाँले धाँधली गरेको आरोप लाग्दै आएको छ ।

मदुरोले शासनसत्ता सम्हालेसँगै भेनेजुयला केही बर्षयता आर्थिक संकटबाट गुग्रिरहेको छ ।

बढ्दो महंगी, खाना र औषधिको अभावमा लाखौं व्यक्ति भेनेजुयलाबाट पलायन भएका छन् ।

प्राप्त विवरणअनुसार सरकारको विरोधमा लाखौं व्यक्ति सडकमा उत्रिएर नाराबाजी गरिरहेका छन् ।

राष्ट्रपति मदुरोका समर्थकहरु पनि सडकमा उत्रिएका छन् । प्रदर्शनका क्रममा केही व्यक्तिको मृत्युसमेत भएको छ । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *