Sajhamanch Archive

उर्जामन्त्री पुन र जापानी प्रतिनिधीमण्डलबीच भेटवाता, के छलफल भयो ?

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपालको भ्रमणमा रहेको जापानी प्रतिनिधीमण्डलबीच भेटवार्ता भएको छ । जापानको कृषी तथा वन मन्त्रालयका अन्र्तराष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी नाकादाको नेतृत्वमा आएको प्रतिनिधी मण्डलले विहिवार सिंहदरवारस्थित उर्जामन्त्रालयमा भेटवार्ता गरेको हो ।

भेटमा उर्जामन्त्री पुनले जापान नेपालको पुरानो विकास साझेदार मुलुक भएको भन्दै नेपालको विकासमा जापानले गर्दै आएको सहयोगप्रती धन्यवाद ज्ञापन गरेका थिए ।

उनले उर्जा र जलस्रोत मन्त्रालयमातहतका विभिन्न आयोजनमा जापानले गर्दै आएको प्राविधिक र आर्थीक सहयोगप्रती धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोग निरन्तरता हुने विश्वास व्यक्त गरे ।

नेपालको कृषी क्षेत्रको विकासको लागी सिंचाईको महत्वपूर्ण भुमिका हुने भन्दै मन्त्री पुनले त्यसका लागी मन्त्रालयले भेरी ववई,रानी जमरालगायतका केही ठुला आयोजना अघि बढाइरहेको जानकारी दिए ।

‘हामीले बर्षभरी नै सिंचँई गर्न सजिलो होस् भनेर केही ठुला आयोजनाहरु अघि बढाएका छौं, हाम्रो भुगोल सुहाउंदो सिंचाईको प्रविधी खोज्न पनि मैले मातहतकालाई निर्देशन दिएको छु, तपाईहरुजस्ता विज्ञहरु आउंदा यो क्षेत्रको प्रविधिको अध्ययन र अनुसन्धानमा सहयोग होस् भन्न चाहन्छु ।’ भेटमा मन्त्री पुनले भने ।

मन्त्री पुनले जलउत्पन्न प्रकोप नियन्त्रयण केन्द्र स्थापना गर्न जापानले सहयोग गरेको जानकारी दिंदै सिंचाई र उर्जा क्षेत्रको अध्ययन अनुसन्धानमा आगामी दिनमा समेत सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

मामिला हेर्ने उपनिर्देशक ताकामीले जापानले नेपाललाई आर्थीक र प्राविधीक सहयोग गर्दै आएको जानकारी दिंदै आगामी दिनमा अझै सहयोग गर्न जापान सरकार तयार रहेको बताउनुभयो । उहाले नेपाल कृषी प्रधान देश रहेको भन्दै कृषी क्षेत्रमा सहयोग गर्न आफुहरु तयार रहेको धारणा राखे ।
‘नेपालमा के कस्ता सम्भावनहरु छन्, हामी त्यसको अध्ययन,अनुसन्धानको लागी अहिले नेपालको भ्रमणमा आएका छौं, जापानको निजी क्षेत्र पनि यहा लगानी गर्न ईच्छुक छ ।’ उपमहानिर्देशक ताकामीले भने ।

उनले सिंचाई र पानीको क्षेत्रमा जापानको लामो अनुभव भएको भन्दै त्यसको ज्ञान वाड्न आफुहरु ईच्छुक रहेको बताए ।

भेटमा नेपालका लागी जापानी राजदूत मसामिची सैगो समेत सहभागी थिए  । उनले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका् जापान भ्रमण् र जापानी परराष्ट्रमन्त्रीको नेपाल भ्रमणको वेला कृषी क्षेत्रमा सहकार्य गर्ने सहमती भएको भन्दै यो भ्रमणदल नेपाल आउनु त्यसको निरन्तरता भएको जानकारी दिए ।

भ्रमण दलमा कृषी मन्त्रालयमा कार्यरत उच्च अधिकारीका साथै,सिंचाई क्षेत्र हेर्ने इन्जिनियर, वन विज्ञ र निजि क्षेत्रका व्यवसायी समेत सहभागी थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *