Sajhamanch Archive

सप्तकोशीमा शौचालय सुविधासहितको ७० यात्रु बोक्न सक्ने मिनी पानीजहाज

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । एक साताअघि बसेको मन्त्रिपरिषद् बैठकले सप्तकोसीमा पानीजहाज सञ्चालन गर्न पानीजहाज कार्यालय स्थापना गर्ने भएको छ ।

उक्त पानीजहाज कार्यालयमा १६ जना कर्मचारीको दरबन्दी रहने बताइएको छ ।सप्तकोसीको हनुमाननगरबाट कोलकातासम्म पानीजहान चलाउने गृहकार्य नेपालले भारत सरकारसँग सुरु गरिसकेको छ। शौचालय सुविधासहितको ७० यात्रु बोक्न सक्ने मिनी पानीजहाज केही दिनअघि सप्तकोसीमा आइपुगेको छ ।

यसको बनावट ठूलै पानीजहाजको शैलीको छ ।यो मिनी पानीजहाज यपुर र सुनसरीको सीमा चतराबाट सप्तकोसी हुँदै भोजपुर र धनकुटातर्फ चल्ने गरेको छ । यस सुबिधाले विकट भेगका बासिन्दालाई सुबिधा पुगेको छ । सात घन्टासम्म हिँड्नुपर्ने बासिन्दालाई यस सुबिधाले १५ मिनेटमै पार गर्न सम्भव भएको छ ।सप्तकोसीमा चल्ने पानीजहाज काभ्रेको दोलालघाटसम्म ल्याउने बारे लबिङ र अभियान पनि सुरु भएको छ ।सुनकोसीमा रहेका ठूल्ठूला चट्टान ब्लास्ट गरेर फुटाउन सकिए दोलालघाटबाट सुनसरीको धरान एक घन्टामै पुग्न सकिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *