Sajhamanch Archive

मदन भण्डारी गोल्डकप आजदेखि, मेची नेत्रालय र क्यामरुन भिड्दै

Published: in खेलकुद by .

सुनसरी । दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ। इटहरीस्थित क्षेत्रीय रंगशालामा हुने उद्घाटन खेल झापाको मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र क्यामरुनको दाफिन्स फेमिली फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ।

माघ १९ गतेसम्म चल्ने गोल्डकपको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने तयारी भए पनि अन्तिममा रद्द भएको प्रतियोगिता संयोजक एवं अखिल नेपाल फुटबल संघ सुनसरीका कोषाध्यक्ष कोवितजंग कार्कीले बताए। पहिलो दिनको खेलमा सहभागी क्यामरुनको फुटबल टिम बुधबार नै इटहरी आइसकेको छ। मेची नेत्रालय र क्यामरुनबीचको खेलमा विजेता टोली सेमिफाइनल प्रवेश गर्नेछ। प्रतियोगिताका लागि दुई हजार जना दर्शक अटाउन सक्ने बाँसको प्याराफिट निर्माण गरिएको छ।

यस्तै, पाँच हजार दर्शक अटाउने सिमेन्टको प्याराफिटको निर्माण पनि सम्पन्न भैसकेको छ। प्रतियोगितामा क्यामरुम र भुटानसहित आठ टिमको सहभागिता छ। नेपालका नेपाल पुलिस क्लब, नेपाली आर्मी क्बल, मनाङ मर्स्याङदी क्लब, थ्री स्टार क्लब, मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र आयोजक राष्ट्रिय जागृति क्लबको सहभागिता रहने संयोजक कार्कीले जानकारी दिए। प्रतियोगिताको विजेताल १६ लाख र उपविजेताले आठ लाख रुपैयाँ पुरस्कार पाउने छ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले ३० हजारसहित ४२ इञ्चको एलइडी टिभी, सर्वाधिक गोलकर्ताले ३० हजार, उत्कृष्ट हुने खेलाडीले २० हजार र प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीले १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ। गत वर्ष मनाङलाई पराजित गर्दै थ्रीस्टारले उपाधि उचालेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *