Sajhamanch Archive

ब्राउनसुगरसहित सहनी धुलावारीबाट पक्राउ

Published: in राष्ट्रिय समाचार by .

काँकरभिट्टा । लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय काँकरभिट्टाले २ ग्राम ब्राउनसुगरसहित झापा मेचीनगर— १० धुलावारीका २१ वर्षीय छोटु सहनीलाई शनिबार पक्राउ गरेको छ ।
भारतको पानीट्यँँकीबाट नेपालतर्फ आउदैंगर्दा शंका लागि चेकजाँच गर्ने क्रममा सहनीले लगाएको ज्याकेटको दाहिने गोजीमा ३ वटा ब्राउन सुगरका पोका फेला परेको व्युरोले जनाएको छ । व्युरोका अनुसार ३ सय मिलिग्राम ब्राउनसुगर कसैले बोकेमा लागूऔषध सम्बन्धि मुद्दा दर्ता गर्न सकिने कानुनी व्यवस्था छ ।
सहनीलाई लागूऔषध ओसारपसारमा मुद्दा दर्ता गरिने र आवश्यक कारवाहीका लागि इलाका प्रहर िकार्यालय काँकरभिट्टामा बुझाईएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *