Sajhamanch Archive

ब्राजिलमा बाँध भत्किँदा मृत्यु हुनेको संख्या ४० पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

ब्राजिलको दक्षिण पूर्वी क्षेत्रमा बाँध भत्किँदा मृत्यु हुनेको संख्या कम्तिमा ४० पुगेको छ ।

घटनामा ३ सयभन्दा बढी बेपत्ता भएको अधिकारीहरुले बताएका छन् ।

बेपत्ता भएकाहरुको जिवितै उद्धारको सम्भावना न्यून भएको स्थानीय उद्धारकर्मीहरुले बताएका छन् ।

मिनास गेरियस राज्यको बेलो होरिजोन्टे शहरमा एक्कासी पहिरो गएपछि बाँध फुटेको र ठूलो क्षति भएको हो ।

उद्धारकर्मीहरुले ५० जनाको उद्धार गरिएको जनाएका छन् ।

मिनासका गभर्नर रोमेउ जेमाले उद्धार प्रयास भइरहे पनि घटनामा परेकाहरु जिवितै पाइने आशा झिनो बनेको बताए । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *