Sajhamanch Archive

युएस बंगला दर्घटना : पाइलटको गल्तीले ५१ को ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौँ । अघिल्लो वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला जहाज दुर्घटनाका मुख्य दोषी पाइलट भएको प्रतिवेदन सार्वजनिक भएको छ ।

पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा गठित छानबिन आयोगले दुर्घटनाको मुख्य कारण पाइलटलाई देखाएको हो । जाँचबुझ आयोगले अन्तिम प्रतिवेदन आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई बुझाएको छ ।

ढाकाबाट काठमाडौंका लागि उडेको जहाज अवतरणको क्रममा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमाानस्थलमा २०७४ साल फागुन २८ गते दुर्घटना भएको थियो । ५१ जनाको मृत्यु भएको दुर्घटना पाइलटले सामान्य संयमता अपनाउना नसक्दा भएको समितिले ठहर गरेको छ ।

पाइलटले अवतरणका क्रममा रनवेको एलाइन छोडेको र तत्कालिन अवस्थामा सावधानी नपअपनाउँदा दुर्घटना भएको प्रतिवेदनमा औंल्याइएको छ । जहाजको अवस्था नियमअनुसार मर्मतसम्भार भएको र सबै राम्रो अवस्थामा रहेको तर क्रु टिममा गम्भिर समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ ।

समितिले पाएको अडियो रेकर्डअनुसार पाइलटले आफू अघिल्लो रात राम्रोसँग नसुतेको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *