Sajhamanch Archive

बाहुबली निर्देशकको फिल्म खेल्न परिणितीको महंगो डिमाण्ड

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by .

बाहुबली’ जस्तो सफल चलचित्र निर्देशन गरेर संसारभर परिचित बनेका निर्देशक एसएस राजमौली हाल नयाँ चलचित्रको तयारीमा लागिरहेका छन् ।

उनी अहिले ‘आर आर आर’ नामक चलचित्र निर्देशन गर्ने तयारीमा छन् । यस चलचित्रको लागि कलाकारमा राम चरण र जुनियर एनटीआर फाइनल भएका छन् ।

त्यस्तै, यस चलचित्रमा नायिका परिणिती चोपडाको मुख्य भूमिका रहने खबर बाहिरिएको छ । भारतीय मिडियाका अनुसार परिणितीले यस चलचित्रमा काम गर्नको लागि ठुलो रकम माग गरेकी छिन् । तर, निर्माण युनिट र परिणिती बीच लिखित सम्झौता भने भएको छैन ।

३०० करोड लगानीमा निर्माण हुन लागेको यस चलचित्रलाई हैदरवादमा खिचिनेछ । चलचित्रको छायांकनका लागि त्यहाँ निकै भव्य सेट समेत तयार गरिएको छ । छिट्टै नै छायांकनको तयारीमा रहेको यस चलचित्रलाई सन् २०१९ भित्र रिलिज गर्ने निर्माण पक्षको लक्ष्य रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *