Sajhamanch Archive

ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि घटनाले उग्ररुप, आधा दर्जन ट्रिपरमाथि आगजनी

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

विराटचौक । मोरङको विराटचौक ट्रिपरको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु भएपछि घटनाले उग्ररुप लिएको छ । विराटचौकबाट विराटनगरतर्फ जाँदै गरेको ट्रिपरको ना ३३ ख ३३५५ नम्बरको ट्रिपरको ठक्करबाट स्थानीय बालिका लक्ष्मी ढकाललाई ठक्कर दिएपछि विराटचौकबासीले ट्रिपरमा आगजनी गरेका छन् ।

विराटचौकबाट करिब २ किमी दक्षिणमा रहेको पुलचौकस्थित सो ट्रिपरले बालिकालाई ठक्कर दिँदा उक्त बालिकाको घटनास्थलमै मृत्यु भएको थियो । बालिकाको मृत्युपछि ठक्कर दिई भागेको ट्रिपर आफैँ अनियन्त्रित भई रुखमा ठोक्किएको थियो । त्यसपछि स्थानीयले सोही ठाँउमा गई उक्त ट्रिपरमा आगो लगाएका छन् ।

आक्रोशित स्थानीयले अहिलेसम्म सो स्थानमा आठ वटा ट्रिपर जलाइसकेका छन् भने स्थिति नियन्त्रणमा लिन प्रहरीले कर्फ्यू जारी गरेको विराटचौकस्थित रेडियो शुसेलीमा कार्यरत सञ्चारकर्मी जानुका घिमिरेले जानकारी दिएकी छन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका सई महेन्द्र पराजुलीले जानकारी दिएका छन् । सोही ठाँउमा स्थानीयले घेरा हाली ट्रिपर जलाएपछि प्रहरी पुग्दासमेत आगलागी र भिड नियन्त्रण गर्न हम्मे परेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *