Sajhamanch Archive

तातोपानीमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तर सुक्खा बन्दरगाहको काम अन्तिम चरणमा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

सिन्धुपाल्चोक । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा तातोपानीमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तर सुक्खा बन्दरगाहको काम अन्तिम चरणमा पुगेको छ । २०६९ सालमा सुरु भएको बन्दरगाहको निर्माण भूकम्पपछि रोकिएको थियो ।

चिनियाँ रेलवे कन्ट्रक्सन कम्पनी ९सीआरसीसी० ले बढीमा आउँदो चार महिनामा निर्माण पूरा गर्ने जानकारी दिएको छ । चिनियाँ प्राविधिक हु जी गोका अनुसार बन्दरगाहको काम ९० प्रतिशत सकिएको छ ।

मितेरीपुलदेखि करिब ५ किमि पश्चिम भाटेकोसी गाउँपालिकाको लार्चामा निर्माण भइरहेको बन्दरगाहमा १ सय ५८ वटा ठूला मालबाहक कन्टेनर जाँच गर्न सकिनेछ । बन्दरगाहमा ६० देखि सय मेट्रिकटन बोकेको मालबाहक कन्टेनर एकैपल्ट तौलिने यन्त्र जडान गरिनेछ । ‘अहिले भन्सार परिसरको कर्भड हल, बगैँचा, घेराबन्दी पर्खाल, जाँचपास कक्षको भइरहेको जानकारी उनले दिए । अरनिको राजमार्गकबाट बन्दरगाह जोड्ने भोटेकोसीमा करिब ३५ मिटर लामो मोटरेवल पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । यो पल बनेपछि सीमावर्ती गाउँ दुगुनागढी आउजाउ गर्न स्थानयीलाई समेत सहज बन्नेछ ।

७ स्क्साभेटर, १० वटा टिपर र अन्य अत्याधुनिक उपरकण प्रयोग गरेर चिनिले निर्माणलाई तीव्र बनाएका छन् । सीआरसीसीका नेपाली भाषा अनुवादक राजेश अधिकारीका अनुसार ‘नदी नियन्त्रणको संरचनासमेत निर्माण भइरहेको छ । कामलाई सुरुवात गर्दै नेपाली र चीनका ४५ कामदार दैनिक खटिरहेका छन्, अधिकारीले भने ।

चीनको झन्डै १ अर्ब २० करोडको सहयोगमा बन्दरगाह निर्माण भइरहेको हो । यो बन्दरगाह निर्माणपछि तातोपानी भन्सारले गर्दै आएको काम यहीबाट हुनेछ । जुरेपहिरो, भूकम्प र बाढीका कारण रोकिएको बन्दरगाह तातोपानी नाकाको व्यवस्थापनमा सहयोग पुग्ने आशा स्थानीयले गरेका छन् । भौगोलिक अवस्थाका कारण समस्या भोग्दै आएको भन्सारको कारोबारमा यसले सहजता ल्याउने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठ बताउँछन् । बन्दरगाहमा भन्सार, क्वारेन्टाइन, गोदाम, जाँचपास यार्ड, चेक पोस्ट, बैंक र कर्मचारी आवासको सुविधा हुनेछ । बन्दरगाह बनेपछि चीनबाट आएका व्यापरिक सामान बोकेका कन्टेनर सिधै यही पुर्‍याउने योजना छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *