Sajhamanch Archive

तपाईंलाई थाहा छ, नङ टोक्नु गम्भीर बिरामीको संकेत हो

Published: (Updated: ) in रोचक कुरा / टिप्स by .

धेरै मानिसहरुमा नङ तोक्ने बानी हुन्छ । तर, नङ टोक्ने बानी स्वास्थ्यको लागि राम्रो भने होइन् । यो कुरा थाहा हुँदा हुँदै पनि मानिसहरु नङ टोकिरहेका हुन्छन् ।

चिन्तित वा बोर हुँदा मानिसहरू अनायासै नङ टोकिरहेका हुन्छन् । यो एक प्रवृत्ति मात्र हो । नङ चपाउनु गलत भएको भनी बच्चाहरूलाई बताउँदा पनि केहीले छोड्दैनन् र पछि ठूलो हुँदासम्म चपाउने बानी बस्छ ।

तपाईंलाई थाहा नहुन सक्छ, संसारमा लगभग ६० करोड मानिस नङ टोक्ने गर्छन् । तर, मनोवैज्ञानिकहरूले नङ टोक्नु गम्भीर बिरामीको संकेत भएको बताएका छन् । नङ चपाउनुले मानसिक तनाव र अब्सेसिभ कम्पल्सिभ डिसअर्डरको संकेत दिन्छ ।

खासमा नङ चपाउनु व्यक्तित्वको अस्थिरताको संकेत हो । कुनै जटिल समस्याको समाधान निकाल्न नसक्दा मानिसहरू रनभुल्लमा परेर नङ टोक्ने गर्दछन् । नङ चपाउने मानिसहरू अतिवादको शिकार हुन्छन् ।

अत्यधिक महत्त्वाकांक्षा भएका वा आफूलाई बेकामे ठान्ने मान्छेले नङ टोक्ने मनोवैज्ञानिकहरको भनाई छ । तर, ९० प्रतिशत नङ चपौवाहरू हीन भावना पाल्ने नै हुन्छन् ।

नङ चपाउने बानीबाट सबभन्दा बढी प्रभावित १४ देखि २५ वर्षका युवा हुने गर्छन् । जसमा ३४ प्रतिशत महिला छन् भने ६६ प्रतिशत पुरुष पर्छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *