Sajhamanch Archive

शिवसताक्षी नगरपालिकाद्वारा विपत व्यवस्थापनका लागि आवश्यक सामाग्री वितरण

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

झापा । झापाको शिवसताक्षी नगरपालिकाले विपत ब्यवस्थापनका लागि विभिन्न सामाग्री वितरण गरेको छ ।  वर्षायाममा वाढीको उच्च जोखिमलाई मध्य नगर गर्दै नगरपालिकाले आवश्यक सामाग्री वितरण गरेको हो ।

नगरपालिकाले बाढीको प्रकोपमा आम नागरिकहरुका लागि सुरक्षा प्रदान गर्न २० थान लाइभ ज्याकेट, रोप २ प्याकेट डाइनामिक २ सय मिटर, फायर इस्टिङ्ग्युसर ९ के.जी. तौलका ८ थान लगायतका सामाग्री इलाका प्रहरी कार्यालय झिलझिले र नेपाल रेडक्रस सोसाइटी उपशाखाको रोहवरमा सञ्चालन हुने गरी वितरण गरेको छ ।

वितरण गरिएका सामाग्री प्रहरीको मातहतमा रहँदा सवै भन्दा पहिला प्रहरी नै घटना स्थलमा पुग्ने र प्रहरीकै सकृयतामा उद्धार सम्भव भएको वताउदै नगर प्रमुख चन्द्र कुमार शेर्माले थप ब्यवस्थित गर्न नेपाल रेडक्रस सोसाइटीलाई समेत सामाग्री वितरण गरेको वताए । नगरपालिकामा ६ के.जी तौलका ३ थान फायर एस्टिङ्ग्युसर र २ थान लाइफ ज्याकेट रहेका छन भने ११ वटै वडामा एक एक थान, ६ के.जी बराबरका फायर एस्टिङ्ग्युसर वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

एक लाख ३ हजार ९ सय ६० रुपैयाँ वरावरको फायर एस्टिङ्ग्युसर, ५६ हजार ५ सय मुल्यका लाइभ ज्याकेट, ५५ हजार ३ सय ७० रुपैयाँको डाइनामिक रोप हरेक वर्ष विनियोजन हुने विपत ब्यवस्थापन अन्तर्गतको रु ५० लाख वजेट भित्रकनट खरिद गरेको नगरपालिकाका शाखा अधिकृत डिल्लिराम नेपालले जानकारी दिए ।

विपत ब्यवस्थापनका लागि नगरपालिकाले दमकल खरिद गर्ने कार्य योजना निर्माण गरिसकेको नगर प्रमुख शेर्माले जानकारी दिए । उनले छिमेकी अन्य नगरपालिकाहरुबाट दमकल आउन ढिलो हुँदा नगर भित्र भएका आगलागीका घटनामा ठूलो क्षति व्यर्होनु परेकाले तत्काल घटना स्थलमा पुग्न सक्ने वातावरण तयार गरेर मात्र दमकल सञ्चालनमा ल्याइने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *