Sajhamanch Archive

बन्दाकोपीले स्तन क्यान्सर हुनबाट जोगाउँछ, यस्ता छन् यसका अन्य फाइदाहरू

Published: in रोचक कुरा / टिप्स by .

हामीले पकाइरहने तरकारीहरुमध्ये एक हो, बन्दाकोपी । बन्दाकोपी निकै मनपराइने तरकारीहरुमध्ये पनि एक हो । बन्दाकोपी स्वास्थ्यको हिसाबले पनि निकै लाभदायक छ । यसमा पाइने विभिन्न खालका पौष्टिक तत्वहरु हाम्रो लागि निकै लाभदायक मानिन्छ ।

सधैं खाइरहने भएतापनि कतिपय मानिसलाई यसले के फाइदा पुर्याउँछ भन्ने कुरा थाहा हुँदैन । बन्दाकोपी नियमित खानाले स्तन क्यान्सर, पोस्टेट क्यान्सरका साथै पेटमा अल्सर तथा क्यान्सर हुनबाट बचाउँछ ।

यसैगरी यसमा क्लोरिन सल्फर मिनरल्स प्रशस्त मात्रामा भएकाले पेटसम्बन्धी समस्याहरु (ग्याँस्टिक, कब्जियत तथा अल्सर) बाट छुट्कारा पाउन सकिन्छ । बन्दाकोपीको नियमित सेवन तथा यसको जुसको सेवनले शरीरको तौल कम गर्न मद्दत गर्छ ।

बन्दाकोपी फ्लोरिक एसिड हुन्छ यसले रगतको सेल्सको निर्माण गर्छ जसले एनिमिया तथा शरीरमा रगतको कमी हुन दिँदैन । यसको नियमित सेवनले त्वचालाई प्राकृतिक रुपमा चमक पैदा गर्छ र त्वचासम्बन्धी विभिन्न समस्याबाट छुट्कारा मिल्छ ।

बन्दाकोपीको नियमित सेवनले त्वचा गोरो बनाउनुका साथै नरम र आकर्षक बनाउन मद्दत गर्छ । बन्दाकोपीमा प्रशस्त मात्रामा भिटामिन ए हुन्छ जसले आँखा तेजिलो हुनुका साथै आँखा सम्बन्धी विभिन्न समस्याहरुबाट छुटकारा पाउन सकिन्छ । यसको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि पनि ल्याउँछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *