Sajhamanch Archive

सन्दीप जोरा बने टी–२० मा अर्धशतक बनाउने विश्वकै कान्छो खेलाडी

Published: (Updated: ) in खेलकुद by .

काठमाडाैं । नेपाली युवा खेलाडि सन्दीप जोरा टी ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका छन् ।

१७ वर्ष १०३ दिनका जोराले दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा भएको नेपाल र यूएईबीचको टी–२० सिरिजको पहिलो खेलमा अर्धशतक पुरा गर्दे यो कीर्तिमानी बनाएका हुन् ।

यसअघि नेपालका अर्को युवा खेलाडि रोहित कुमार पौडेलले सचिन र शाहिदलाई पछि पार्दे अर्धशतक बनाउने विश्वकै कान्छा खेलाडी बनेका थिए । उनी १६ वर्ष १४६ दिनका थिए ।

उनको अन्तराष्ट्रिय टी–२० क्रिकेटमा डेब्यू खेलमा पनि हो । पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका जोराले ४२ बल खेल्दै ३ चौका र १ छक्कासहित अर्धसतक पुरा गरे । उनले ४१ बलमा अर्धशतक पुरा गरे । भने ५२ रनमा नटआउट रहे । यू–१९ उमेर समुहको राष्ट्रिय टोलीबाट खेलिसकेका १७ वर्षिय जोराले यूएईविरुद्ध ओडीआई सिरिजको तेस्रो खेलमै डेब्यू गरेका थिए ।

सन्दीप अन्तर्राष्ट्रिय टी ट्वान्टीमा डेब्यू गर्ने नवौँ युवा खेलाडी पनि बने। डेब्यू खेलमा सबैभन्दा धेरै रन बनाउने तालिकामा भने सन्दीप १९ औँ नम्बरमा रहे । भने युएईविरुद्ध नै टी ट्वान्टी डेब्यू गरेका रोहित पौडेल डेब्यू गर्ने तेस्रो युवा खेलाडी रहे ।

उनको डेब्यू उमेर १६ वर्ष १ सय ५१ दिन रहेको छ । सबैभन्दा कम उमेरमा टी ट्वान्टी डेब्यू गर्ने कुवेतका मिट भावसर हुन् । उनले ११ दिनअघि माल्दिभ्सविरुद्धको खेलमा १४ वर्ष २ सय ११ दिनमा डेब्यू गरेका थिए । दोस्रोमा हङकङका वाकस खान रहेका छन् ।

उनको प्रर्दशनको बाबजुद पनि नेपालले पहिलो खेलमा भने टी ट्वान्टी सिरिजको पहिलो खेलमा युएईसँग २१ रनले हारेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *