Sajhamanch Archive

‘गुप्त’ को आइटम गीतमा सुष्मा बोल्ड

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by .

ब्याक टू ब्याकु आफू अभिनीत फिल्म असफल भएपछि फिल्मी दुनियाँबाट दूरी बढाएकी अभिनेत्री सुष्मा कार्की फिल्म ‘गुप्त’ को एक आइटम गीतमा ठुम्का लगाउँदै देखिएकी छन् । म आँख मारिदिन्छुु बोलको गीतमा सुष्मालाई बोल्ड अवतारमा देख्न सकिन्छ ।

गीतमा स्वर सहिमा श्रेष्ठको छ भने संगीत सजन श्रेष्ठको छ । राज कर्माकारको शब्दमा तयार भएको गीतको भिडियोलाई दिप्सन डंगोलले खिचेका छन् । फिल्मलाई दिपेन्द्र अग्रवाल र मीता मुराकार अग्रवालले निर्माण गरेका हुन् । फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।

शक्ति प्रज्वल घिमिरेको सम्पादन रहेको फिल्मलाई राज रोय र भोजराज घिमिरेले संयुक्त रुपमा निर्देशन गरेका छन् । ‘गुप्त’ मा भरत कार्की, नाफे खान, सुष्मा कार्की, सन्दिप सिग्देल, अंशु थापा, विश्वराज ढकाल, नीभा अधिकारीलगायतको अभिनय छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *