अमेरिकी लडाकु विमानलाई लखेट्यो रुसी लडाकु विमानले
Published:
by .
मस्को । ‘ब्ल्याक सी’ माथि उडान गरिरहेको एउटा अमेरिकी लडाकु विमानलाई रुसी लडाकु विमानले लखेटेर आफ्नो मार्ग परिवर्तन गर्न बाध्य तुल्याएको छ ।
बिहीबार रुसी सामाजिक सञ्जालमा ४० सेकेन्डको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा रुसी लडाकु विमान ‘सु–२७’ ले अमेरिकी लडाकु विमान ‘एफ–१५’ लाई आफ्नो दिशा परिवर्तन गर्न बाध्य तुल्याएको देखिन्छ ।
भिडियो कहिले र कहाँको भन्ने आधिकारिक रुपमा पुष्टि भएको छैन । अमेरिकाले गत सोमबार ‘ब्ल्याक सी’ माथि आफ्नो विमानको नजिकै रुसी लडाकु विमान ‘खतरनाक’ तरिकाले आएको जनाएको छ ।
भिडियोमा रुसी लडाकु विमान अमेरिकी लडाकु विमानतर्फ आक्रामक ढंगले मोडिएको देखिन्छ । त्यसैले उक्त भिडियो सोही घटनासँग सम्बन्धित रहेको अनुमान गरिएको छ ।
दुवै विमान आपसमा करिब पाँच फिटको दुरीमा उडेको बताइन्छ । रुसी विमान आफूतिर आक्रामक ढंगले मोडिएपछि अमेरिकी विमानले दिशा परिवर्तन गरेर आफूलाई जोगाउन सफल भएको भिडियोमा देखिन्छ । (एजेन्सी)
Comments