Sajhamanch Archive

रहेनन् चर्चित कलाकार बीएस राणा

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बीएस राणाको ७८ बर्षको उमेरमा निधन भएको छ । उनको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको हो ।

केही समयदेखि बिरामी रहेका उनको उपचारको क्रममा उनको मुटुमा पनि समस्या देखिएको थियो ।

उनले ‘दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दाग’ लगायतमा अभिनय गरेका थिए ।

उनको आजै पशुपति आर्यघाटमा दाहासंकार गरिने वुझिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *