Sajhamanch Archive

समायोजन फाराम नभर्ने कर्मचारीलाई सरकारले नै खटाउने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

समायोजना फाराम नभर्ने कर्मचारीले सरकारले आवश्यकताअनुसार जुनसुकै स्थानमा खटाउने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन फाराम भरेका कर्मचारीलाई उनीहरुले रोजेअनुसार खटाउने र फाराम नभर्ने कर्मचारीलाई जुनसुकै स्थानमा खटाउने जनाएको छ ।
मन्त्रालयका अनुसार १३ हजार कर्मचारीले समायोजन फाराम भरेका छैनन् ।

मन्त्रालयले गत पुस १८ गते कमचारी समायोजनसम्बन्धी २१ दिने सार्वजनिक सुचना प्रकाशित गरेको थियो । सो अवधिमा ती कर्मचारीले फारम नभरेका हुन् । (नेपाल समाचारपत्र बाट)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *