Sajhamanch Archive

बंगलादेशमा नेपालीमूलका बीरबहादुर बने मन्त्री

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुसाल दूताबासबाट विदा हुनुअघि गत जनवरी १५ मा प्रधानमन्त्री शेख हसिना बाजेदसँग बिदाइ भेटका लागि ढाकास्थित गणभवन पुगे ।

भेटमा उनले नेपालीमूलका बंगलादेशीको उचित संरक्षणका लागि अनुरोध गरे । यही मेसोमा प्रधानमन्त्री बाजेदले रहस्य खोलिन–‘चिन्ता मान्नु पर्दैन, नेपालीमुलका बीरबहादुरलाई मैले क्याविनेट मन्त्री नै बनाएको छु ।’

प्रधानमन्त्रीको कुरा सुनेर राजदूत भुसाल छक्क परेछन् । उनले फोनमा भने, ‘बंगलादेशमा नेपाली मूलका मान्छेको बसोबास छ भन्ने थाहा थियो । तर, नेपाली मूलका मन्त्री नै छन भनेर प्रधानमन्त्रीले भनेपछि चकित भएँ, गर्व लाग्यो ।’

नेपाली मूलका बीरबहादुर उस्वे सिंह बंगलादेशको क्याबिनेट मन्त्री नै छन् । गत निर्वाचनमा हसिनाको पार्टी अवामी लिगले बहुमत हासिल गरेपछि जनवरी ७ मा नयाँ मन्त्री मण्डल गठन भएको हो ।

बीरबहादुरलाई चितागोङ ९चटगाव० हिल ट्रयाक्ट्स अफेयर्स मन्त्रीको जिम्मेवारी दिइएको छ । (कान्तिपुर दैनिकबाट)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *