Sajhamanch Archive

‘बुलबुल’मा समावेश दोश्रो गीत सार्वजनिक

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by .

फागूणको ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बुलबुल’मा समावेश दोश्रो गीत सार्वजनिक भएको छ । ‘ज्याद्रै बस्यो दिल’ बोलको गीतमा नायिका स्वस्तिमा खड्का, कलाकार मुकुन भुषाल र दिपक क्षेत्रीलाई फिचरिङ गरिएको छ ।
गीतमा रजिना रिमालको स्वर, मनिकला पौडेलको शब्द, उद्गम परियार र उदयराज पौडेलको संगीत छ ।

यो गीतको भिडियोमा सुसन प्रजापतिको छायांकन, अनिमेष सापकोटाको सम्पादन, उज्ज्वल श्रेष्ठको ग्राफिक्स र विनोद पौडेलको निर्देशन छ । अविरल थापा, भिम थापा, राजु पौडेल, पुरुषोत्तम पाण्डेको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता रामराजा दाहाल हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *