Sajhamanch Archive

गुण्डा नाइके राजु गोर्खाली पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

महानगरीय अपराध महाशाखाको टोलीले गुण्डा नाइकेको रुपमा चिनिँदै आएका राजु गोर्खालीलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको छ ।

सुन्धारास्थित काठमाडौं मलका व्यापारीलाई धम्क्याएर तेब्बर भाडा असुल गरेको, कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मल गोर्खालीको समूहले वर्षौंदेखि भाडामा लिएर अन्य व्यापारीलाई भाडामा दिएको लगायतका उजुरीपछि महाशाखाले गोर्खालीलाई पक्राउ गरेको हो ।
सुन्धारा क्षेत्रमा राजु गोर्खाली समूहको दबदबा रहँदै आएको थियो ।

महाशाखाका एसएसपी धिरजप्रताप सिहंले भने, ‘‘गोर्खालीको समूहले कोषलाई कम भाडा दिएर व्यापारीहरुसँग चर्को रकम असुल्दै गरेको, व्यापारीलाई धम्क्याउँदै हिडेको उजुरीपछि पक्राउ गरेका हौं ।’’ एसएसपी सिंहले पक्राउ परेका राजु र उनको ग्याङमाथि संगठित अपराध ऐन अन्तर्गत मुद्दा चलाइने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *