Sajhamanch Archive

टि २० सिरिजका लागी नेपालको एैतिहासिक जित

Published: (Updated: ) in खेलकुद by .

काठमाडौं । नेपालका बलर नचल्दा टि २० सिरिजको खेलमा यूएईसँग नेपालले एैतिहासिक जित निकालेको छ ।
वर्षाका कारण १० ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिंग गरेको नेपालले यूएईका लागी १०५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान पारस खड्का, सन्दीप जोरा र विनोद भण्डारीले विष्फोटक ब्याटिङ गरे । पारसले १४ बलमा २९ रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरे । सन्दीपले ११ बलमा २८ रन बनाए । विनोदले १३ बलमा २१ रन बनाए । करण केसीले ५ बलमा १० रन जोडेका थिए ।

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले खराब सुरुवात गरेका थिए । लामिछानेले पहिलो एक ओभरमै २० रन दिएका थिए भने दोस्रो ओभरमा बलिंग गर्न आएका सोमपालले एक ओभरमा ९ रन दिँदै एक विकेट लिएका थिए ।  ज्ञानेन्द्रको ब्याट नचलेपनि उत्कृष्ट क्याच लिएका थिए ।

आक्रमक सुरूवात गरेको युएईका लागि साइमन अनवारले ३० रन बनाउँदा गुलाम सब्बेरले २५ रन जोडे।

मोहम्मद बोताले ११ रन जोड्नु बाहेक युएईका अन्य कुनै पनि ब्याट्समेनले दोहोरो रनको स्कोर छुन सकेनन्।

युएईलाई सस्तैमा समेट्न नेपालका करन केसी, अभिनास बोहोरा र ललित नारायण राजबंशीले २-२ विकेट लिँदा सन्दीप लामिछाने र सोमपाल कामीले १-१ विकेट लिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *