Sajhamanch Archive

विर्तामोडमा वाककला सम्बन्धी तालिम सम्पन्न

Published: in राष्ट्रिय समाचार by .

विर्तामोड । विर्तामोड नगरपालिका–६ मा सञ्चालित सूचना संकलन, निवेदन लेखन तथा वाककला सम्बन्धी तीनदिने तालिम सोमबार सम्पन्न भएको छ ।

राजेन्द्र संग्रौलाको अध्यक्षता तथा विर्तामोड नगरपालिका वडा नंं–६ का वडाध्यक्ष सूर्य कन्दङ्वाको प्रमुख आतिथ्यतामा सम्पन्न तालिम समापन कार्यक्रममा वडाध्यक्ष कन्दङ्वाले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्नुका साथै आ–आफ्नो समूहमा पनि बाँड्न आग्रह गर्नुभयो ।

कार्यक्रममा वडासदस्यहरु एनविन्द्र खत्री, पवित्रा कोइराला ढुङ्गाना, सोभा विक लगायतले बोलेका थिए । त्यस्तै सहभागीहरुले तालिमको उपयोगिता र महत्वपूर्ण बृहत भएको भन्दै आगामी दिनमा त्यसलाई बृद्धि गर्न आग्रह गरेका थिए । तालिममा सहभागीका तर्फबाट कुसुम बराल, करुणा मिश्र, हिमा निरौला, चन्दा बराल, नारायणी पोखरेल लगायतले मन्तव्य राखेका थिए ।

जनआन्दोलन साप्ताहिक पत्रिकाको आयोजना तथा विर्तामोड नगरपालिका वडा नं.–६ को सहयोगमा सञ्चालित तालिममा वडामा क्रियाशील महिला समूहका ३५ जनाको सहभागिता रहेको तालिममा इन्दु पूर्वेली, लीला अनमोल, अधिवक्ता लक्ष्मीप्रसाद अधिकारी र रेजिना गौतमले सहजीकरण गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *