Sajhamanch Archive

मुद्दा एउटै आमालाई जन्मकैद, बाबुलाई सफाइ

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

ओखलढुङ्गा, २२ माघ । लोग्ने परदेश गएको बेला देवरसँग सम्बन्ध राखी बच्चा जन्माएर मारेको अभियोगमा ओखलढुंगाकी गुनिसा थापामगरलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ भने देवर सोमबहादुर थापाले सफाइ पाएका छन् ।

एउटै अभियोगमा पक्राउ परेका सोमबहादुर र गुनिसालाई जिल्ला अदालत ओखलढुंगाले फरक फरक आदेश सुनाएको हो ।

देवरको आदेशमा गुनिसाले शिुशु मारी फालेको बयान दिए पनि यसमा सोमबहादुरको प्रत्यक्ष भूमिका नभएकाले अदालतबाट सफाइ पाएको निमित्त जिल्ला न्यायाधिवक्ता सिर्जना घिमिरेको भनाइ छ । साक्षी प्रमाण नपुगेकाले सोमबहादुरले सफाइ पाएको जनाइएको छ ।

(नागरिक दैनिकबाट)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *