Sajhamanch Archive

नेविस‌ंघका अध्यक्ष नैनसिंह महरसहित १२ जना पक्राउ

Published: in राष्ट्रिय समाचार by .

काठमाडौँ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेविसंघ अध्यक्ष महरको नेतृत्वमा निस्केको जुलुसले गत शनिबार पोखरामा सरकारी गाडी जलाउने आफ्ना कार्यकर्तालाई पक्राउ गरेको विरोधमा प्रदर्शन गरेको छ । मिनभवनस्थित कमर्स क्याम्पसबाट निकाले जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रदर्शनमा उत्रिएका नेविसंघ अध्यक्ष महरसहित १२ जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको हो ।  सार्वजनिक विदाको दिन गाडी चलाएको भन्दै पोखरामा सरकारी गाडी जलाउने नेविसंघका तीन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *