Sajhamanch Archive

सकियो विर्तामोड महोत्सव, २२ करोड कारोबारको अनुमान

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

बिर्तामोड । बिर्तामोडमा सञ्चालित बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सकिएको छ । ११ माघबाट सुरु भइ १३ दिनसम्म सञ्चालन भएको महोत्सव बुधबार एक कार्यक्रमको आयोजना गरी समापन गरिएको हो । डेढलाख मानिसले अवलोकन गरेको महोत्सवमा २२ करोड रुपैयाँको कारोबार अनुमान गरिएको महोत्सव आयोजक समितिका कोषाध्यक्ष मनोज अग्रवालले बताए ।

महोत्सव आयोजक संस्था बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षता तथा प्रदेशसभा सदस्य ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा भएको महोत्सव समापन समारोहमा विभिन्न व्यक्तित्वलाई सम्मान तथा प्रशंशापत्र प्रदान गरियो । व्यवसायिक क्षेत्रमा योगदान पु¥याएको भन्दै प्रेमचन्द्र चौधरी, रामेश्वरदास अग्रवाल, हाजी शहिदुल अन्सारी, राम अवतार अग्रवाल, डिल्ली प्रसाई, गोपाल राई, गजेन्द्र पौडेल, र द्वारिका मल्ललाई सम्मान गरियो । खेलकुद क्षेत्रमा योगदान पु¥याउने राम दाहाल, विवेक गिरी, यांकिला राई र दिपेन धिमाललाई समेत सोही अवसरमा सम्मान गरिएको थियो ।

सञ्चार क्षेत्रबाट महोत्सव प्रचारप्रसारमा योगदान पु¥याएको भन्दै झापाका १२ जना सञ्चारकर्मीलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोड, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, जनप्रतिनिधिहरुलाई समेत कदरपत्र प्रदान गरिएको थियो । त्यसैगरी, महोत्सवको मुख्य प्रयोजक, सह प्रायोजक, सहयोगी संस्था, प्रबद्र्धक लगायतलाई समेत सम्मान गरिएको थियो । सम्मानित सबैलाई प्रमख अतिथि सरावगी, विशेष अतिथिहरु, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष भट्टराई, महोत्सव आयोजक समितिका संयोजक एवम् बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी लगायतले प्रशंसापत्र प्रदान गरे ।

समापन कार्यक्रममा प्रमख अतिथि सरावगी, आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख बोलराज आचार्य, बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम कार्की, बिर्तामोड खानेपानीका अध्यक्ष जलकुमार गुरुङ, समाजसेवी राजकुमार पोखरेल, बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाईं, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, उद्योग वाणिज्य महासंघ प्रदेश–१ का अध्यक्ष नरेन्द्र खड्का लगायतले बोलेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *