Sajhamanch Archive

कुन्जीवारी स्थित न्यू युनिभर्सल एकाडेमी नजिक बम फेला, गाउँनै आतंकित

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

गौरीगञ्ज । झापाको गौरीगञ्ज १ कुञ्जीबारीस्थित न्यू युनिभर्सल एकाडेमीको उत्तर तर्फ रहेको बाँसको झ्याङमा बम जस्तो देखिने शकांस्पद बस्तु फेला परेपछि सो क्षेत्र आतंकित बनेको छ ।

दुईवटा बोतलमा तार बेरिएको र छेउमा मोटरसाईकलमा प्रयोग गरिने ब्याट्रि राखिएको शंकास्पद बस्तु फेला परेको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।

विद्यालयका संस्थापक प्रिन्सिपल चन्द्रमोहन राजवशींका अनुसार अज्ञात व्यक्तिले हिजो विद्यालय परिसरमा वेवारिसे अवस्थामा छाडेको एउटा पत्रमा रु १० लाख रुपैयाँ चन्दा माग गर्दै बाँसझ्याङमा बम राखेको र त्यसको रिमोर्ट आफूसंग रहेको उल्लेख छ ।

राजवशींले सो पत्र हिजो नै फेला परेको भएपनि आफू हिजो विद्यालयकै काम विशेषले बाहिर गएका कारण आफूले आज मात्रै पढेको बताए । पत्रलाई आफूले खासै गम्भिर रुपमा लिनुपर्ने आधार नरहेपछि बम नै राखिएको भनेपछि सशंकित भएको उनले बताए ।

उक्त बस्तु कसले राखेको भन्ने बिषयमा अहिले सम्म कुनै जानकारी नआएको र घटनाको बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *