Sajhamanch Archive

बाबुद्वारा १२ वर्षीया बालिका बलात्कृत

Published: in राष्ट्रिय समाचार, समाज by .

अर्घाखाँची । अर्घाखाँचीको शीतगंगा नगरपालिकामा आफ्नै बाबुबाट छोरी बलात्कृत भएकी छिन् ।

शीतगंगा नगरपालिकाको वडा नम्बर–६ मा आफ्नै बुबाबाट १२ वर्षीया छोरी बलात्कारको शिकार भएकी हुन् । श्रीमती घरमा नभएको बेला डरत्रास देखाएर छोरी बलात्कार गरेको आरोपमा निजकै श्रीमतीको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको छ ।

बालिकाकी आमाले दिएको जाहेरीमा आफू आफन्तको घरमा गएको बेला श्रीमानले १२ वर्षकी छोरीलाई राति बलात्कार गरेको आरोप लगाइएको छ ।

आफ्नै श्रीमान भए पनि कानुनबमोजिम कारबाही गरी पाऊ भन्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा पीडितकी आमाले जाहेरी दिएपछि घटना बाहिर आएको हो ।

आरोपीको नाम, थर, वतन गोप्य राखी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *